महिलालाई डिप्रेसनमा पुर्‍याउन सक्ने इन्डोमेट्रियोसिस के हो ?

drasmitapandey4@gmail.com
महिलालाई डिप्रेसनमा पुर्‍याउन सक्ने इन्डोमेट्रियोसिस के हो ?

Author – ईश्वर लुइँटेल

महिलाहरूमा महिनावारिका समयमा असामान्य किसिमको पीडा वा दुखाइ हुने गर्छ । कतिपय अवस्थामा त्यस्तो दुखाइ पेन किलरले पनि ठीक नहुने हुन्छ । यस प्रकारको दुखाइ हुने महिलामा इन्डोमेट्रियोसिस पनि भएको हुन सक्ने चिकित्सक बताउँछन् ।

के हो इन्डोमेट्रियोसिस ? 

वात्सल्य आइभीएफमा कार्यरत प्रजनन् विशेषज्ञ डा. अस्मिता पाण्डेका अनुसार इन्डोमेट्रियोसिस महिलामा हुने एक प्रकारको कम्प्लेस डिजिज हो । पाठेघरमा बाक्लो भएको रगत महिनावारीको समयमा बाहिर निस्किँदा यो समस्या हुने गर्छ । जसलाई रेट्रोगेस मिन्सुरेसन पनि भनिन्छ । ‘जब एन्डोमेट्रियम गर्भाशयको बाहिर फैलिएर एन्डोमेट्रियोसिस बन्छ, तब यो समस्या बन्न सक्छ,’ पाण्डे भन्छिन्, ‘एन्डोमेट्रियोसिस तन्तु एकदम नाजुक र संवेदनशील हुन्छ । र, महिनावारीको समयमा सुन्निन सक्छ । जुन फैलिएर पाठेघर, मुत्राशय वा पेटभित्र यसले ओभरियन सिस्ट (मासुको डल्ला, गहिरो गाँठो बनेर बस्न पनि सक्छ ।’

इन्डोमेट्रियोसिसमा महिनावारीको रगत बाहिर मात्र ननिस्किएर पाठेघरमा हुने दुईवटा नलीको माध्यमबाट वरिपरि जमेर बस्न सक्छ । पाठेघरको नलिसहित कहिलेकाहीँ दिसाघरमा, मुत्रथैलीमा तथा कलेजोलगायत अन्य अंगमा गएर महिनावारीमा बन्ने रगत गएर संचित भएर बसिदिन्छ । जसलाई पेल्भिस भनिन्छ । यही समस्यालाई इन्डोमेट्रियोसिस भनिन्छ । 
यस्ताे समस्या भएका महिलामा महिनावारी सुरु हुनुअघि पनि दुखाइ हुने, महिनावारीको बीचको समय अर्थात् (ओभुलेसन) अण्डा फुट्ने समयमा अत्याधिक दुखाइ हुने तथा महिनावारीको १४/१५ दिनसम्म पनि दुखाइ हुने डा.पाण्डे बताउँछिन् ।

इन्डोमेट्रियोसिस के कारणले हुन्छ भनेर हालसम्म ठ्याक्कै कारण पत्ता नलागे पनि वंशाणुगत समस्या पनि देखिने गरेको उनको भनाइ छ । डा. पाण्डेका अनुसार विश्वभरको तथ्याङ्क हेर्ने हो भने करिब १० प्रतिशत महिलामा इन्डोमेट्रियोसिसको समस्या छ ।

इन्डोमेट्रियोसिस प्रजननमा कस्तो असर पार्छ ?

वात्सल्यको क्लिनिकमा निसन्तानपनको समस्या लिएर आएका करिब ४० प्रतिशत महिलामा इन्डोमेट्रियोसिस देखिने गरेको उनी सुनाउँछिन् ।  उनका अनुसार पहिला पहिला यसलाई ‘डिजिज अफ रिच पिपुल’ भन्ने गरिन्थ्यो । विशेष त पश्चिमा मुलुकमा मात्र यो समस्या देखिन्थ्यो ।

परीक्षण अभावको कारण नेपाल जस्तो अविकसित देशमा यो समस्या कम देखिएको हुनसक्ने पाण्डे बताउँछिन् । पछिल्लो समय दुखाइ सहन नसक्ने अवस्थामा पुगेर वात्सल्यमा इन्डोमेट्रियोसिस भएर जाँच गराउन आउने  कतिपय महिलामा डिप्रेसनको समेत समस्या पाइएको उनको भनाइ छ । 

इन्डोमेट्रियोसिस निदान कसरी हुन्छ ?

यो समस्या कुनै पनि महिला र उसको परिवारले प्रजननका विषयमा सचेत नहुँदै देखिने हुँदा धेरै महिलाहरूले शल्यक्रिया पनि गर्ने गरेको पाण्डे बताउँछिन् । थुप्रै अविवाहित महिलालाई सिस्ट छ भनेर शल्यक्रिया गराइने गरेको तर त्यसरी शल्यक्रिया गर्दा तथा ओभरीमा छुँदा वा त्यसरी सिस्ट निकाल्दा ओभरीको रिर्जभ अर्थात् अण्डाको भण्डार कम हुने डा. पाण्डे बताउँछिन् । त्यसैले आपतकालीन अवस्था नभएसम्म वा यो सिस्टकार ओभरीमा रगत संचार नै नभएको खण्डमा वा अत्यधिक दुखाइ छ जसलाई इन्जेक्टटेबल पेनकिलरले पनि ठीक नभएको खण्डमा मात्र शल्यक्रिया गर्नुपर्ने उनको सुझाव  छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १९:१५