Mother Poem | Parenthood Journey | Dr.Asmita Pandey

drasmitapandey4@gmail.com
Mother Poem | Parenthood Journey | Dr.Asmita Pandey

A story of hope, courage, and the triumph of motherhood. यो भावनात्मक कविता एक नारीको संघर्ष र साहसको कथा हो, जहाँ उनले समाजको आलोचना र आफ्ना डरहरूलाई जित्दै मातृत्वको सुख प्राप्त गरिन्।

Let this journey of dreams and resilience inspire everyone to believe in the possibilities of new beginnings.

POET: – Sabina Rai

PRESENTAR: Dr. Asmita Pandey

एउटी पुतली

मलाई पनि मेरो शून्य फूलबारीकाे बगैंचामा नाची रहने एउटी सानी पुतली होस् जस्तो लाग्थ्यो। उसलाई देख्दा हेर हेर ट्याक्कै आफ्नी आमा जस्तै देखेकी भनेर कसैले भनिदिवस् जस्तो लाग्थ्यो। मेराे मन भरीको भारी व्यथा सबै उसैलाई हेरेर मेटोस् जस्तो लाग्थ्यो।

जब मलाई परिवारले बाँझी भन्थे अनि समाजले मेराे कोखप्रति अनेकौं प्रश्न उठाउँथे तब उनीहरूलाई सोध्न मन लाग्थ्यो के एउटी नारीलाई म पनि आमा हुँ भनि प्रमाण गर्न उसको काखमा बच्चा हुनै पर्छ र?

म समाज सँग लडे, परिवार सँग लडे तर अन्तमा जब आफै सँग लड्ने पालो आयो तब म आफै सँग हारे ।

जब म बाटो छेउका फुहरुलाई ढकमक्क फुलेको देख्थेँ। तिनीहरू मेरै लागि फुलिदिएका जस्तो लाग्थ्यो हावाका झोकाहरुले केही सङ्केत दिन खोजि रहे जस्तो लाग्थ्यो।

र मैले फेरि एक चोटी उठ्ने प्रयास गरे मेरा पाईलाहरुलाई वात्सल्यतिर बढाउँने निर्णय गरे अन्तमा मेरो निर्णय साकार भयो। आज मेरो शून्य बगैंचामा एउटी पुतली साँचिमै नाची रहन्छे । हेरन म जस्तै नै छे हैं? उसले जानी नजानी आमा भनि बोलाई दिँदा मन फुरुङ्ग भै रमाई दिन्छ। उसले मुसुक्क हाँसी मलाई हेरी दिँदा जीवनको सबै युद्धहरु जिति दिन्छु जस्तो लाग्छ।